>>ABOUT ME
 >> ESTABLISHMENT OF PATHIVARA <<
 >> ABOUT TAPLEJUNG
 >>NEPALI NEWS LINKS
 >>LIMBU HISTORY <<
 >>PATHIBHARA TRIAL
 >> ABOUT KANCHENJUNGA
 >>NATURAL RESOURCES
 >>> MAIN MENU<<<
 >>Commission Calculation<<
 >>It's Just Bend .Not the End,<<


login

    

Tapethok- Taplejung

''As Little Drops Of Water,Little Grains Of Sand Make The Mighty Ocean & The Huge Land"  



             श्री पाथिभारा माता कि जय

 

                             

                        

                                   

 

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

 

 

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ ।

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको

परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ

        ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई "मुक्‍तुवुङ" भनेर चिन्दछन् । लिम्बूभाषामा "मुक्‍तु" को अर्थ शक्ति वा बल, "वुङ" को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन्

 

सागर सुब्बा (तुम्बाहाङफे)

तापेथोक ताप्लेजुङग